sevenstartv.com २१ मंसिर २०८२, आइतवार

विश्व शहरीकरण दिवस मनाइँदै

१४ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ‘जनकेन्द्रित स्मार्ट शहर’ नाराका साथ शुक्रबार विश्व शहरीकरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा शुक्रबार कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । 

सन् २०१४ देखि यो दिवस मनाउन शुरु गरिएको हो। यो दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्धन गर्नु हो । 

विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा शहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ। राष्ट्रसंघको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्