जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान
काठमाडौं । देशमा अहिले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा देशभर मौसममा बदली आएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।

.gif)