अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते
काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । छत्रगंजबाट बुटवलका लागि छुटेको लु १ ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका(५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।
गाडी सडकमै पल्टिएको थियो । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी सडकमै छ । गाडि हटाएर सडक सञ्चालनका लागि प्रहरी टोली खटिएको छ ।
