sevenstartv.com १ चैत २०८२, आइतवार

मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटना : ७ जनाको मृत्यु

१ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमै ७ जनाको ज्यान गएको थियो । अन्य ७ जना घाइतेको भने उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको छ । भीरालो भूभागका कारण उद्धार कार्य केही कठिन भएको बताइएको छ । दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्