कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सीट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउनेबारे छलफल हुने छ ।
प्रत्यक्षमा २८ सीट जितेको कांग्रेसले समानुपातिकमा २० सीट पाएको छ । भोलि नाम टुङ्गो लगाएर आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।
