sevenstartv.com २ चैत २०८२, सोमवार

६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

२ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडां । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–२४ वटु घर भई काठमाण्डौको नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठमाथि सर्वाेच्च अदालतले २०८१ सालको भदौ ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना तोकेको थियो । 

श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा पठाइएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्