निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्रीले आसापासेलाई दिलाएका नियुक्ति विवादमा
नातावाद त्यागेर उदारता देखाउन ढकाल र पुनको आग्रह
काठमाडौं । निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आसापासेलाई दिलाएका नियुक्ति विवादमा परेका छन् ।
आइबतार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा ओमप्रकाश अर्याल र प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेसँगै विवादमा तानिनुभएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले नियुक्तिसम्बन्धी निर्णय सच्याएर गल्ती स्वीकार्न आग्रह गरेका हुन् ।
उनले ती निर्णय पुनर्विचार गर्न अनुरोध गर्नुभएको हो । यसैगरी, म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाए । उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन् ।
