sevenstartv.com १ चैत २०८२, आइतवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

१ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्