sevenstartv.com १९ वैशाख २०८३, शनिवार

अवैध सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर पक्राउ परेका हुन् । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए । उनैले ल्याएको सुन कुँवरले रिसिभ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्