sevenstartv.com १ असार २०८३, सोमवार

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु

७ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

 बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटना हुँदा गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले बताएको छ । 

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।