भाइटीकाको दिन आज बालगोपालेश्वर मन्दिर खुला
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले भाइटीका लगाउने छन् । यो मन्दिर वर्षमा एक पटक, भाइटीकाको दिनमा मात्रै खुलाइने परम्परा छ ।
दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरू आजको दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । तिहारको मुख्य दिन अर्थात् भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् ।
भाइटीकाको शुभ साइत बिहान ११ ३९ बजे भएपनि बालगोपालेश्वर मन्दिर भने आज बिहानैदेखि सर्वसाधारणका लागि खोलिएको थियो।

.gif)