sevenstartv.com ६ मंसिर २०८२, शनिवार

मन्दिरका पुजारीको हत्या

२ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन् । 

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।
 यस घटनाको बारेमा  प्रहरीले अनुसन्धान थालेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्