कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
शुक्रबारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले शनिबार फेरि बस्ने भएको हो । बैठकमा केन्द्रीय सदस्यहरूले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् ।
आज पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताइएको छ । बैठकमा केहीले विशेष महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

.gif)