sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छ : मन्त्री पौडेल

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सवमा उनले समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताएका हुन् । उनले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए । 

उनले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताएका छन् । उनले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताएका हुन् । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्