sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज सप्तरीको सुरुङ्गा नगरपालिका-२ स्थित हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो । 

दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्