sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५/३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । थप जानकारी आउन बाँकी रहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्