सेना चढेको जिप दुर्घटना : १५ जना घाइते
काठमाडौं । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १५ जना घाइतेभएका छन् ।
मंगलबार दिउँसो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौंडातर्फ लगिँदै गरेको प्रहरीले जनाएको छ ।

.gif)