sevenstartv.com १० असार २०८३, बुधवार

धरानको भाटभटेनी सुपरस्टोरमा एक शव फेला

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ । भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको हो । 

शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।