sevenstartv.com १० असार २०८३, बुधवार

युलेन्स स्कुलमा आगजनी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन् ।

सोमबारको जेन-जी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन् । अहिले उक्त क्षेत्र अशान्त छ ।