काठमाडौंमा रगत अभाव, झापाबाट ७१ पाउण्ड रगत ल्याइयो
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत पठाएको छ । सोसाइटीको झापा शाखा सभापति लोकराज ढकालका अनुसार काठमाडौंमा अभाव भएपछि बुद्ध एयरको ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।
काठमाडौंमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइको बताइएको छ ।
जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थि ए। यस क्रममा दमकमा केही युवा घाइते भएका थिए ।

.gif)