sevenstartv.com १९ वैशाख २०८३, शनिवार

रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष यादव मृत फेला

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । महोत्तरी रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश कुमार यादव मृत अवस्थामा फेला परेका छन् । 

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो । उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्