चितवनमा कार दुर्घटना : एक जनाको मृत्यु
काठमाडाैं । चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ बस्ने कार चालक डा. विप्लव भट्ट रहेकाे मृत्यु भएकाे हाे ।
भरतपुर महनानगरपालिका-१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किँदा भट्ट घाइते भएका थिए ।
घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

.gif)