प्रा.डा. पूर्वअमेरिकी राजदूत आचार्यद्वारा कृतिको लोकार्पण
काठमाडौं । सामाजिक अभियन्ता दामोदर अधिकारी (लमजुङ)को आध्यात्मिक खोजमूलक कृतिको विशेष समारोहबीच लाकार्पण गरिएको छ । प्रा.डा. पूर्वअमेरिकी राजदूत जयराज आचार्यले सो कृतिको भदौ ८ गते तक्षशीला कलेज सामाखुसीको सभाहलमा विमोचन गरेका हुन् ।
मर्स्याड्दी वाड्मय प्रतिष्ठान, काठमाडौंको आयोजनामा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङको विशेष आतिथ्यता थियो । उक्त कृतिको प्राडन वीणा पौडेलले र वरिष्ठ पत्रकार एवं प्राध्यापक सोमनाथ घिमिरेले समीक्षा गरेका थिए ।
तनहुँ र लमजुङ तथा लमजुङको पनि दुराडाँडा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एवं वरिष्ठकवि विजयराज न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन साहित्यकर्मी प्रज्ञा अधिकारीले गरेका थिए ।
