sevenstartv.com २९ भदौ २०८३, सोमवार

कालीगण्डकी करिडोर अवरुद्ध

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कालीगण्डकी करिडोरसहित दुई सडक अवरुद्ध भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर-२, राक्सेमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

कालिगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण शुक्रबार बिहान साढे ६ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षाका कारण रिडी(वामी सडक पनि अवरुद्ध भएको छ ।

सत्यवती गाउँपालिका वडा नम्बर-६, अन्तर्गतको रिडी-वामी सडक खण्डमा पर्ने डहरे खोलामा पानीको बहाव बढ्दै जाँदा बिहान ६ बजेदेखि सडक अवरुद्ध छ । दुवै सडक खुलाउनका लागि प्रयास भइरहेको छ । 

सम्बन्धित समाचार