काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना : दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका-१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।
गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका-७ घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

.gif)