sevenstartv.com १५ माघ २०८२, बिहिवार

अरनिको पाँडेलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध अनुसन्धान गर्नका लागि ४ दिन म्याद थप गरेको हो ।

एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् । महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्