sevenstartv.com ६ मंसिर २०८२, शनिवार

डडेल्धुरामा जिप दुर्घटना : ४ जनाको मृत्यु

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

नवदुर्गा गाउँपालिका-५ को चौडको कच्ची सडक खण्डमा आज बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।  
जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कम्तीमा पनि ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्