sevenstartv.com ६ मंसिर २०८२, शनिवार

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

८ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका-५ का १९ वर्षे सुशील थापाको मृत्यु भएको हो । 

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः ०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । भालुबाङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीले बताएको छ । उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको छ । मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्