एमालेले बोलायो आकस्मिक बैठक
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्ने भएको हो ।
प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
