sevenstartv.com १५ माघ २०८२, बिहिवार

नयाँ राजनीतिक दल खोल्ने ब्यवसायी दुर्गा प्रसाईंको घोषणा

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।
उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।

उनले भने, ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं  ।’ 

उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्