sevenstartv.com ६ मंसिर २०८२, शनिवार

मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

 काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ ।

उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्