तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत तीन समितिको बैठक आज बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफलको कार्यसूची तय गरिएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
