sevenstartv.com १५ माघ २०८२, बिहिवार

बिपिन जोशीको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हरसम्भव पहलमा जुटिरहेको बताएका छन् ।  

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले विपीनको  सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको पनि बताएका छन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपीनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H.E. Mr. Isaac Herzog र संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गरेको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री ओलीले सरकार विपीनको परिवारको साथमा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते विपीनको रिहाइका विषयमा फोन संवाद गरेको स्मरण गरेका छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्