sevenstartv.com १५ माघ २०८२, बिहिवार

अध्यक्ष ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध छ : योगेश भट्टराई

१ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका छन् ।  ।आइतबार प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा भट्टराईले यस्तो बताका हुन् । 

भट्टराईले संविधान संसोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने बताएका छन् । संविधान संसोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनको भनाई छ ।

वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताए । उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने पनि बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्