sevenstartv.com ११ असार २०८३, बिहिवार

सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यस्थापक पक्राउ

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् ।रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् ।

 सहकारी संस्थाको करिब दुई करोड ८७ लाख ५७ हजार ठगी आरोपमा बम्रेल साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेका हुन् । सहकारी संस्थामा फर्जी कर्जादाता तयार गरी रकम अपचलन गरेको आरोपसहित सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको हो ।

सहकारी संस्थाको रकम अपचलन भएको हल्लाचलेपछि बचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई दवाव दिँदै आएका छन् । यस सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सहकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए ।

पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्