sevenstartv.com ११ असार २०८३, बिहिवार

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर चयन

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर चयन भएका छन् । शनिबार सानेपामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट खोटाङका रानामगर संघको सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनले काठमाडौंका कृष्ण थापामगर, बाँकेका उमा थापा मगर र रुकुम पश्चिमका जनककुमार बाँठामगरलाई उपसभापतिमा चयन गरेको छ । मगर संघको महामन्त्रीमा धादिङका रामबहादुर थापामगर, तथा बागलुङका खडकबहादुर थापा, सुर्खेतका हस्त पुन र धादिङका सरिता रानामगरलाई सहमहामन्त्री बनाइएको छ ।

काठमाडौंकी गायत्री रानामगर कोषाध्यक्ष रहेको मगर संघमा आठ जना खुला सदस्य रहेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्