sevenstartv.com ११ असार २०८३, बिहिवार

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार

३० साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् । 

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा सिफारिस गरेको छ । वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् । 

यस्तै कांग्रेस केन्द्रीय समस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फकी सांसद हुन् । उनीहरूलाई मुख्यमन्त्री बानियाँले शुक्रबार नै शपथ ग्रहण गराउने तयारी छ ।  सिफारिसमा परेका सांसदहरिहरूलाई कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा भने केही खुलेको छैन । कांग्रेस स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्