अशोक राई र राजेन्द्र महतो फेरि एकैठाउँमा, कार्यगत एकताको तयारी
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएका अशोक राईले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्य गर्ने भएका छन् ।
राई विगतमा नेकपा एमाले छाडेर यादवसँग सहकार्य गर्न पुगेका थिए । अहिले फेरि यादवबाट छुट्टिएर महतोसँग कार्यगत एकताको योजना बनाएका हुन् ।
दुई पार्टीबीच बिहीबार कार्यगत एकता घोषणा हुन लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताएका छन् । ‘एकताको लक्ष्य राखेर हामीले कार्यगत एकता गर्ने निष्कर्षमा पुगेका हौँ’ उनले भने– भोलि बिहीबार दिउँसो बानेश्वरमा घोषणा सभा राखेका छौँ। दुवै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ।’
राई उपेन्द्रसँग अलग भएको हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका नेता हुन्। त्यसो त कुनै बेला उपेन्द्र९महन्थ पनि एकैठाउँमा थिए।
उपेन्द्रसँग कुरा नमिलेपछि महन्थ फेरि लोसपा नै ब्यूउँताएको भएपनि त्यहाँबाट पनि बाहिरिएर महतोले राष्ट्रिय मुक्ति पार्टी घोषणा गरेको भने उपेन्द्रबाट अलग भएका राईले जसपा घोषणा गरेका हुन् ।
उपेन्द्र(महन्थ मिलेको बेलामा एकैठाउँमा रहेर काम गरिसकेका राई र महतो फेरि सहकार्य गर्ने लागेका हुन्। राष्ट्रिय मुक्ति पार्टी मधेस केन्द्रित सात दल सहभागी भएको संघीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध छ। तर जसपा मोर्चामा छैन ।
