sevenstartv.com ११ असार २०८३, बिहिवार

राप्रपा युवा संघमा भाँडभैलो, राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा

२८ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा भाँडभैलो भएको छ । 

बुधबार चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा धवलशम्शेर राणा निकट समूहबीच हात हालाहाल नै भएको छ । दुई पक्षबीचको झडपसँगै युवा संगठनको जिल्ला समिति विभाजित भएको छ ।

महामन्त्री राणा निकट पक्षले समानान्तर समितिको घोषणा गरेका छन् । महामन्त्री राणा कार्यक्रम स्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्