sevenstartv.com ११ असार २०८३, बिहिवार

कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न माग

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउँदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले गृह जिल्ला कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गरेका हुन् ।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षपीडितहरूको समस्या समाधानका लागि अहिलेसम्म राज्यले करोडौँ खर्च गरेर विभिन्न राजनीतिक, प्रशासनिक र अर्धन्यायिक आयोगहरू गठन गरिसकेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्