sevenstartv.com ६ मंसिर २०८२, शनिवार

काकडभिट्टाबाट दिक्तेल आउदै गरेको बस दुर्घटना : ३ जनाको मृत्यु, १६ घाइते

२६ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । काकडभिट्टाबाट खोटाङको दिक्तेल आउँदै गरेको बस सुनसरीमा विङ्गरसङ ठोक्किँएर दुर्घटना हुँदा ३ जनाको मृत्यु १६ घाइते भएका छन् । 

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित जलुवाटोलमा  आज बिहान करिब ७ः१५ बजे  दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन ।  घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्