भारतको उत्तराखण्डमा पहिरोमा परी चार नेपालीको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्डमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ ।
रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको जनाइएको छ । भारी वर्षा भइरहेको समयमा गए राति करिब साढे १ बजे पहिरोमा नेपाली मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरीले उद्धार गरेको थियो । जसमध्ये ३ जना चितवनका र एकजना दैलेख जिल्लाका छन् ।
मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका दीपक बुढा रहेको जनाइएको छ।
