sevenstartv.com ११ असार २०८३, बिहिवार

मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

२३ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् ।

गठबन्धनको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् ।

साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् ।  मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा गठबन्धन दलहरूबिच एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने भागबन्डा रहेको छ । अन्य ६ मन्त्रालयको जिम्मा बानियाँको काँधमा कायमै रहेको छ । सरकारलाई पूर्णता दिनु पूर्व नै उनी विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।