गृहमन्त्री लेखकले बोलाए विधयेक समितिकाे बैठक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विधयेक समितिको बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा छलफल हुने बताइएको छ।
संसदीय मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्वन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधयेक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरेका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसित सरसल्लाह समेत गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
