रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजेको लागि बोलाएको हो ।
समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।
यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान ब्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।
