sevenstartv.com २१ मंसिर २०८२, आइतवार

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

 काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  बाग्लुङको ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मीना कुँवर पक्राउ परेकी हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो । उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्