बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले गरे पेस दाबी
काठमाडौं । नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् ।
