हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको गाडी दुर्घटना : १७ जना घाइते
काठमाडौं । हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १७ जना घाइते भएका हुन् । दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

.gif)