sevenstartv.com ११ असार २०८३, बिहिवार

दुई संसदीय समितिको बैठक बस्दै

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक आज बस्ने भएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।