sevenstartv.com ११ असार २०८३, बिहिवार

'जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ'

१८ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।  

आइतबार स्थायी समिति बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले आत्मालोचना गर्नुहुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् । जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ ।  

बैठकको सुरुको दिन एजेन्डा प्रस्तुत गर्ने क्रममा प्रचण्डले उपमहासचिव जनार्दन शर्माले आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए ।अध्यक्षको जवाफ फर्काउँदै शर्माले अजाको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।